Wednesday, November 30, 2011

आशा

रातको अन्धकारलाई चिर्दै
     फेरि नयाँ बिहानी आउँछ!!!!
खडेरिको अन्त्यसँगै
      फेरि नयाँ पालुवा पलाउँछ!!!!!!

आकाशसँग धर्ति जतिनै टाढा भएपनि
    पर क्षीतिजमा त मिलन हुन्छ हुन्छ!!!!
कहालिंदै मध्य रातमा ब्यूझेपनि
    आँखाले मीठो सपनी बोक्छ बोक्छ!!!!!

मिलन बिछोड त जीवनको रीत नै हो
    जीन्दगीको यात्रा तैपनि चलिनै रहन्छ!!!
असफलताको पाइला पछिएछन् भनेपनि
     नयाँ आशले साथ दिइनैरहन्छ!!!!!

हलका चोट लाग्यो त के भयो
   समयले ठूला-ठूला घाउ त निको पार्छ!!!!!
भविष्य देख्ने क्षमता त कसैमा छैन
    त्यसमा अवश्य खुशीको सन्देश लुकेको हुनुपर्छ!!!!!

2 comments:

  1. मिलन बिछोड त जीवनको रीत नै हो
    जीन्दगीको यात्रा तैपनि चलिनै रहन्छ!!!
    असफलताको पाइला पछिएछन् भनेपनि
    नयाँ आशले साथ दिइनैरहन्छ!!!! wow sus ji i love this

    ReplyDelete