Sunday, May 20, 2012

जातीय प्रदेशको विरोधमा


मुटुमाथि हात राखी आफैं सँग सोध
के साचीं टुक्राउननै चाहन्छौ त देश??
जुनसुकै जात धर्म माने पनि
के हैनौ र पहिले नेपाली तिमी??
यी धर्ति पनि हुन त तिम्रै आमा
रोइरहेछिन आज पसि एउटा कुना
पोखुं पनि कोसंग उनले आफ्नो दु:ख
सन्तान नै उनका निक्ले यति मूर्ख
केहि ब्वाँसाहरूले नेता रूप धरे
त के हामले आफ्नो विवेक गुमाउने??
अतिथिलाई देउता हामी मान्ने गर्थिम
आफ्नै दाजु-भाईसंग भिड्न हामी तम्सिम
सदभाव नै शक्ति हुने गर्थयो देशमा
लडदैछन् आज जातीयताको नाममा
भाई फुटे गंवारले लुटछन्
देशको अस्तित्व माटोमा मिलाउछन्
सुन्दर र शान्त सदभाव सहितको
मलाई  पुरानो नेपाल फिर्ता चाहियो
हातोमालो गर्दै आऊ आजैबाट
यो देशलाई बचाउन तर्फ लाग!!!!!!

Friday, April 13, 2012

हिंड्दा हिंड्दै


आज केहि घटनाहरुलाई शब्दरुपी जालमा बुन्न मान लाग्य छ। हुन त यी घटनाहरू विल्कुलै सामान्य छन् तर पनि किन हो मेरो मानसपटलमा गहिरो छाप छोडेका छन्। यिनमा न त ज्ञानगुनका ठूला ठूला कुरा हरू नै पाइन्छन न त कुनै मनोरन्जनको श्रोत नै हुन तर पनि जीवनका केहि लुकेका तथ्य हरु भेटाए मैले यि घटना भित्र जस्ले उत्प्रेरित गर्यो मलाई यो ब्लग लेख्नलाई ता कि समय चक्र घुम्दै जांदा यि कुराहरू मेरा स्मरणबाट टाढा हुंदै नजाउन्।

केहि वर्ष अगाडि आमा मामाघर जानुभाथ्यो , बाबा अचानक बिरामी हुनुभयो । म र दिदि खांदा खांदैको गाँस छोडेर teachin hospital को emergencyतिर दौडिम। तर बिडम्बना emergency मा एउटा बेड पनि खाली थिएन न त बाबा को त्यो हालत नै के हामी अर्को hospital जाने बारे सोच्न सक्थियौं ।वाध्यतावस दुई बिरामिले एउटै बेड share गरेर काम चलाइयो । तर अहिलेको द्श्य बिल्कूलै फरक छ। दुई तले emergency building मा बेडहरु जताततै खाली देखिन्छन् । यो सम्भव भएको हो त केवल एक व्यक्तिको कारण – मीन ब. गुरुङ ; उहि के त हाम्रा भाटभटेनिका साहुजी । आफ्ना स्वर्गिय माता पिताको प्रतिमूर्ति सहितको building हस्पिटल जस्तो सामाजिक कार्यमा समर्पित संस्थानलाई उपलब्ध गराएको देख्दा हर कोहिलाई “पैसा कमाउनु त यसरी” जस्तो किन नलाग्दो हो र। “यो building मा त हाम्रो नि पैसा पर्या छ नि, हामले किनेको सामान बाट नाफा कमाको पैसो के त” फ्याट्ट एउटा काकाले भनिहाले ।तुरुन्त तेसको उत्तर आयो “ऊ नभाको भए पनि कसै न कसैले ता खाइहाल्थ्यो , तर खाएर पनि यति गर्यो यहि ठूलो कुरा हो” । कुरा सोर्है आना साँचो थियो । गुरुङ जति पैसा कमाएका यो देशमा कति होलान तर यसरि सामाजिक कार्यमा अग्रसरता देखाउने कतिनै होलान र ।यस्तो कामले समाजलाई त राम्रो गर्छ नै, गुरुङजी जस्ता ब्यापारीलाई झनै फाइदा पो गराउंदो रहेछ ।मान्छेहरू माझ उहांहरुको छबि मात्र राम्रो बन्दैन कि उहांहरुको ब्यापार नि फस्टाउंदै जान्छ । “तेसैले त भाटभटेनिमा किन्दा गौरव महसुस हुन्छ” फेरि तिनै काकाले भने ।मैले चाहिं माननै सोचें “पैसा कमाएर मात्र केहि नहुदो रैछ, तेसको सहि रूपमा उपयोग गर।न नि जान्नु पर्ने रहेछ” ।

यो प्रसंग अलि रमाइलो छ। मेरो भदा ५-६ वर्षको हुंदो हो; lays को एकदम सोखिम । म lays नलि उसलाई भेट्न गयो भने मेरो खैर छैन । एकदिन हामी रात्रीवस बाट बिराटनगर जादैं थिम जाममा परेर बाटोमा बस रोकियो। फुच्चे मेरो काखमै थियो। येसो नजर एता उता घुमाको त अगाडि lays नै lays ले सजिएको एउटा किराना पसल रैछ। मैले फुच्चेलाई “भाई हेर त पसलमा के रैछ” भनेर सोधेको ता फ्याट्ट उत्तर अइहालो “रक्सी” ।म त तिनछक नै परे । राम्ररी हेर्या त पसलको एक कुनामा रक्सीका बोतल रहेछन ।आफैलाई हास उठ्यो ।पसलमा चारैतिर lays थियो जुन उसलाई  औधी मन पर्दथियो तर उसको आँखा पसलको एउटा कुना मात्र ओगटेका बोतलहरुमा गयो जसको स्वाद सम्म उस्को जिब्रोले थाह पाएको थिएन। “आखिर यो केटाको जात नै यस्तै हो कि रक्सी को मात” मैले  चाहिं अझ नि ठम्माउन सकिरहेकि थिइन  ।

गाउँघरमा युवा पुस्ता भेटाउन असम्भव झैं भइसक्या छ आजकाल त । कि त उनिहरु अरब, दुबैतिर पसिना बगाउंदै हुन्छन् नभए विदेशिने रहर सहित काठमाडौं मा जुत्ता खियाउंदै हुन्छन् ।तेस्तै गाऊंको एउटा भाई विदेशको हण्डर खप्न नसकेर २० वर्ष अघि परमधाम भएका हजुरबाको आकस्मिक निधन भो भन्ने चिठीका आधारमा नेपाल फर्केका थिए । ऊ भेटियो गाऊँमा । अचम्म को कुरा ऊ फर्केपछि उसका बा र गाउँका अर्का एक दाईलाई मुग्लान पठाइएको रहेछ । “ बा लाई किन खेदिस हो कान्छा” भन्ने प्रश्नको सरल जवाफ थियो ऊ संग । “दिनभर रक्सी खाएर गाउँमा बरालिएर हैरान गरे, एसो देश विदेशलाई बुझेर आउँछन् कि भनेर पठाइदिएको । India मा ता रक्सी किन्न नि १ कि.मी हिड्नुपर्छ रे तै पनि यहाजस्तो जहितहि नपाउने; ढुक्क भाछ आजकाल ।पैसा कमाए भने ठीकै छ, हैन भने पनि कमसेकम पैसा कमाउन कति गार्हो हुन्छ भनेर त बुझ्छन नि” । ओ हो, बा आमाले छोरा छोरीलाई सिकाउने पाठ त कहिले कहिं छोरा छोरीले नि बा आमालाई सिकाउँदा रैछन् । खुशी लाग्यो ।

होलीको दिनको कुरा हो ।एउटा uncleko मा छिर्याथियौं; उहांकि करीब ९० वर्षकि बुढी आमाको घाटी भन्दा माथिको भाग मात्र चल्दो रहेछ। विजोग देखे मैले । दिमाग ले काम गरिरहेको थियो, भोक प्यास सबै महसुस गर्नुहुन्थयो र बोल्नु पनि हुन्थ्यो तर शरीर भने ओल्टो कोल्टो नि नफेरिने। जीवनको हरेक क्ष अरुप्रति आश्रित रहनु पर्ने दु:ख को आभाष हामी सजिलै गर्न सक्थियौं । आमाले गफको क्रम मा भन्नुभयो “यस्तो जीवन त बाच्नु छ काल नि नआउदोरैँनछ खै” ; मुटो च्वास्स बिझो मेरो तर उहांको छोराको अनुहारबाट मुस्कान हराको थिएन। शायद यो सुन्ने वानी परिसक्या थियो या शायद सबैलाई थाहै थियो जीवन भन्दा मृत्यु कति हो कति सहज थियो आमाको लागि। भोलिपल्ट हरेक पत्रिकाको पहिले पृष्टमा एउटै खबर आयो; “एक १९ वर्षकि युवतिको छतबाट खसेर मृत्यु” । उसको जीवन त सहि रुपमा शुरु नि भाथेन होला दैवको बज्रपात सहनु पर्यो । एकछिन अगाडि आँखा अगाडि खेलिरहेकि छोरीको अकस्मात निधन ले ति बा आमा माथि के वित्यो होला तेसको अनुमान लगाउन बाहेक अरु केहि गर्न पनि सक्दैनौं हामी। यि दुई घटनाले मलाई सोच्न बाध्य तुल्यायो कि जमाना जति नै technologically advanced भए पनि मृत्यु माथि काबू पाउन नसकिदो रहेछ। हामी कसैको पनि जीवनको कुनै भरोशा छैन; आज छ त भोलि नहुन नि सक्छ। तसर्थ हरेक दिनलाई आफ्नो अन्तिम दिन हुनसक्छ भन्ने ठानेर तेसको  पूर्ण रूपमा सदुपयोग गर्नु जरुरी छ। त्यसैले कसैलाई माया जताउनु छ भने आझै जताऔं, माफी माग्नु छ भने आजै मागुम, धन्यवाद भन्नु छ भने आजै भनुम,सपना देख्नु छ भने आजै देखुम, तेसलाई पुरा गर्न कुनै कदम चाल्नु छ भने आजै बाट चालुम ।केहि कामलाई पनि भोलि भनेर धाति नराखुम नै राम्रो जस्तो लाग्यो ताकि अकस्मात मृत्यु संग जमकाभेट भइहालो भने पनि विना कुनै पश्चाताप हासी हासी तेसलाई अङ्गाल्न सकियोस् हैन भगवानको कृपाले लामो आयु पाइयो भनेपनि जीवनको अन्तिम समय गन्दै ब्रहमनालमा लडेको बेला आफ्नो वितेको जीवनको बारेमा सोच्दा गर्व महशुस गर्न सकियोस्।

Friday, February 17, 2012

अधुरोपना


यथार्थले प्रहार गर्यो; सपनीले दम तोड्यो!!!!!!!
आँखा यो रसाइ रह्यो; मुटु मेरो छिया पर्यो!!!!

मागेको थिएँ केवल खुशी; दु:खको सागरमा जीवन डुब्यो!!!!
चाहेको थिएँ केवल साथ, हात तिम्रो कता छुट्यो!!!!

जीउँदो लाशसरि भए म; तैपनि आशा जीवितै रह्यो!!!
जीन्दगी अन्धकारमा डुब्यो मेरो; तैपनि ज्योतिको खोज चलिनैरह्यो!!!

एक्लै यात्रा गरिनैरहे; मिलनको याद साँचिनै रहे!!!
गन्तव्यमा पुग्ने विश्वास थियो; आज मेरो भ्रम टुट्यो!!!

रोएँ, कराएँ, विलाप गरें; मेरो पुकार अन्सुनी नै भयो!!!
सम्पूर्णतामा रमाउन चाहन्थे;जीवन मेरो अधुरो नै रह्यो!!

Saturday, January 28, 2012

प्रचण्डको दु:ख उनकै स्वरमा


जोसमा आएर देशको एउटा पनि भित्ता नछोडिकन नेपालको पहिलो राष्ट्पति भनेर आफ्नो नाम लेख्न त लाइहाले, आजकाल भित्ते राष्ट्पति  भित्ते राष्ट्पति  भनेर मान्छेहरूले जिस्क्याउँदा कम्ता पोल्छ र यो छाती तर मेरो दु:ख त मैसँग छ, कसले बुझ्ने र मेरो कुरा(दिक्क मान्दै) । हरे यो बत्ति नि कति जांदो रैछ। अँध्यारोमा त आफ्नो दु:ख सम्झी सम्झी भक्कानो छुटेर पो आउँछ त। ल त ल भनेर compromise गरें मैले र प्रधानमन्त्रिकै पदले चित्त बुझाउने कोशिस गरे तर राक्षसहरूले ६ महिना भन्दा टिक्न दिएनन् के । त्यो कटवाल त आफैं retire हुन लागेकै रैछ बेकारमा ममात्र retire हुन पर्यो त्यो नि बेलै नपुगि। अब राष्ट्पतिलाई नि तातो न छारोको छिर्कि किन लाउनु परेको होला मलाई। आजकाल त यो राष्ट्पति भन्ने शब्द नै मन पर्दैन मलाई!!!! उफ् ।अब नपाएपछि स्यालले अंगुर अमिलो भनेको जस्तो गरि भन्या हैन के मैले। खासमा उद्घाटन र बेलामौकाको चाडपर्वमा मन्दिर जानु बाहेक केहि काम नहुदो रैछ राष्ट्पतिको पनि(मख्ख पर्दै)!!!

यो बाउरो नि हिरो पल्टेर निस्कियो एक्कासी…..मलाई त मान्छे गन्दैन बा। आखिर पड्काइछाड्यो नि प्रधानमन्त्रिको पद। तर केहि छैन अब त बुझिसक्यो होला नि तेति सजिलो पनि छैन प्रधानमन्त्रि बन्न।। loadsheddin, मूल्य ब्रिद्दी, अराजकताको माझमा कतिन्जेल टिक्दा रैछौ म नि हेर्छु क्यारे(घमाण्डका साथ) !!! म डेड लाखको पलङमा सुतेर के भो त जनता त महङगाइको चपेटमा पर्या थेनन् नि, अब बाउरो  सस्तो मुस्ताङ चढेर जनतालई चाहीं महङगाइको दलदलमा घचेडिदियो, को गतिलो रैछ; म कि ऊ?? तर बुझ्ने कसले,यो देशका जनता त भडै हुन के।। सहि कुरा त का पच्छ त।। हुन त भेडा नभएका भएदेखि मेरो पछाडि यत्रा मान्छे माओबादी सेनामा लागेर आफ्नै जीन्दगै बर्बाद गर्थे होला त।।। अझै बुद्दी आएको छैन बेबकुफहरुको।। लडाकुको नाममा आएको पैसा मैले कप्लक्क खाएको त पत्तै छैन क यिनिहरूलाई ।।म तेति लाटो नि छैन नि, भर्खरै नयाँ घरमा सरे, केहि महिनामै डेड लाखको पलङमा सुत्ने बानी बसिसकेछ त मलाई चाहिं खर्च चाहिन्न कि के हो।।ओहो यो बुढी पनि जतिखेरै किचकिचमात्र गरिरहन्छे। यसलाई पनि १० लाख दिएर स्वैछिक अवकाश लेर माइत हा भन्नु पर्ने रैछ।।। टन्ठै साफ हुन्थ्यो!!!!!!!

पैसो त छ, तर बच्चा बच्चाले सुद्ध पत्याउन छाडिसके मलाई।। यो वैध्य हेर्दा मर्या स्याल जस्तो छ, फुर्ति चाहीं हेर न फेरि; फुट्या आँखाले देख्न सक्दैन मलाई।। आखिर मेरै सहाराले यहासम्म आइपुगेको भन्ने त बिर्सन त हुन्न नि!! फेरि यो k.p oli संग नि बचेरै हिड्नुपर्छ; गालीको मुहान भन्दा कम छैन।।नेपाली शब्द नि का का बाट खोजेर ल्याउँछ कुन्नि मोरोले, चशक्कै हुने गरि भन्छ।।।मा कु ने फेरि उता “म त राजीनामा देपछि नि तिमी भन्दा बढी समयको लागि प्रधानमन्त्रि भएँ” भन्ने नजरले हेर्छ!!!उफ्!!!!! अर्कै पार्टीको भएनि गिरीजाले यसो कुरा सुन्थे मेरो, तिनलाई पनि दैबकै घर जान हतार भयो।।। विदेशी प्रभुले नि मेरो शिरमाथिबाट आशिर्वाद को हात हटाएको नि निकै भैसक्यो!!! हेर gyanendra तिमीलाई हटाउने मेरो कुनै बिचार थेन, तर मलाई के था त कांग्रेसले तिम्रो साथ छोडेर एक्कासी गणतन्त्रको समार्थन गर्छ भनेर।म विवश थें, माफ गर!!!!!
ओहो जति सोचो उति घाउ कोटिदो पो रैछ।।बैकारमा के दु:ख मनाउ मात्र गरिरहानु।।।यसो टि.भि हेरौं भने नि बत्ति छैन। होस् सुत्नुपरो अब यसो सपनामै भएपनि राष्ट्पति बनिहाल्छु कि।।।। प्रधानमन्त्रि नै बने पनि म compromise गर्न तयार छु है।।।।।Gudnyt!!!!!!!!!!

अराजकता र मूलुक


हरेक दिन पत्रिका हेर्दा सधैंजसो आइरहाने एउटै प्रवित्तिको समाचारले हामीलाई दिक्क लाग्दोहो!!!हत्या,हिंसा,लुटपाट, अपहरण जस्ता शब्द एकदम आम भैसक्यो हामी नेपालीको लागि। बुद्ध यहि देशमा जन्मेर संसारलाई अहिंसा  र भाइचाराको पाठ पढाएका थिए भन्ने कुरा सोच्दा पनि अनैाठो लाग्न थालिसक्यो। समय जति अघि बढ्दै गयो, लाग्छ कि हामीहरुले मानवतालाई तेति नै पछि छोड्दै गयैां ।जति महङ्गाई बढ्दै गयो, उति नै मान्छेहरूको जीवनको मूल्य सस्तो हुंदै गयो। स्वार्थ मानवता माथि यति हावी भयो कि नाता,गोता,भावना, सम्बन्धको कुनै मोल नै रहेन।

कुरा केहि समय अगाडिको हो। ख्याति हत्या काण्डले पुरा देश श्तब्ध भयो ।हत्यारालाई सबैले सरापे, ख्याति र उनको परिवारप्रति सबैले दु:ख मनाउ गरे;पुलिसले आफ्नो काम गर्यो;अर्को दिनको सूर्योदय संगै सबै आ-आफ्नै काममा व्यस्त भए।ख्यातिको याद पनि विस्तारै धमिलिदै गयो । हुन त कोही यो संसारमा नभएर कसैको पनि जीन्दगी नरोकिदो रैछ तर पनि अनाहकमा ज्यान गुमाएका हरूको कमी त अरू भन्दा बढी नै महसुस हुंदो हो खासगरि उनीहरूको आफन्त र प्रियजनहरूको माझमा ।समय बित्दै गयो!!!! फेरि पत्रिकामा नया खबर आयो। धरानमा  एउटा बच्चाले रीसको झोकमा आफ्नै साथीको सिसाले पेट चिरेर हत्या गर्यो। समाचार पढेर मन चसक्क भयो। फेरि  एक प्रेमिले चोँभारको जंगलमा आफ्नै प्रेमिकाको निर्ममतापूर्वक हत्यो गर्यो । फेरि  एकपल्ट हामीलाई दु:ख लाग्यो। मर्ने प्रति सहानुभूति जागयो र मार्ने प्रति रीस उट्यो!!!!एक बाउले आफ्नी नाबालक छोरीलाई मादी खोलामा फालेर हत्या गर्यो। पछिल्लो समयमा आएर डि.आ.जी ले आफ्नी पत्नि मारेर जलाएको समाचार आगोसरि चारैतिर फैलियो।फेरिपनि सुन्दा दु:ख लाग्यो र यो कुरा पनि एक दुई दिनमा हराएर जान्छ यसमा कुनै शङ्का नै छैन।

यि त केहि उदाहरण मात्र हुन जुन मेरो मानसपटलबाट आोझेल हुन पाएका छैनन् ।यस्ता हजारैां अप्रिय घटनाहरू हाम्रो घर,परिवार, समाज र देशमा घटिरहेका छन्। कति घटना त मानिसहरूको नजरमा सम्म नि परेनन् होला, कति अपराधीहरु कानुनको पन्जाबाट अझै कोसैं टाढा खुलेआम घुमिरसेका होलान,कति अबोधहारुको पुकार त उनिहरुकै मिर्तयुसंगै विलिन भयो होला!! हामी समाजको यो स्तिथि देखेर दु:खी त अवश्य होलाम तर निरीह बनेर टुलुटुलु किन हेरिरसेका छौं,त्यो मैले बुझ्न सकेको छैन। यति हुंदा हुंदै पनि दुई मिनेटको समय निकालेर कसैले सोच्ने सम्म पनि प्रयत्न गर्या छैनौं कि आखिर यो मुलुक अराजकता तर्फ किन धकेलिइरहेको छ त!! हामी कुकुरलाई आफ्नो ओछ्यानमा सुताएर आफ्नै काखमा प्रेमपूर्वक खेलाउँछौं भने किन कुनै हिंसात्मक गतिविधिमा संलग्न हुनु अगाडि हाम्रो हात  काम्दैन त ।यी घटनाहारू जति घटे तेसमा कुनै अपरिचित ले नभई आफ्ना चिनेजानेका मान्छेहरूबाटै हत्या भएको देखिएको छ । त के यो सोच्ने बेला आएको छैन त आखिर के तत्व हो तेस्तो जसले मानिसहरुलाई यति निरीह बनाइरहेको छ कि उनिहरु आफनो होसमाथि काबू पाउन सकेका छैनन् ।हामीलाई त आफ्ना निर्जिव वस्तुहारूको समेत माया लाग्छ चाहे त्यो हाम्रो बाइक होस्, मोबाइल होस या सानैदेखि सम्हालेर राखेको खेलौना होस् तर   कुनै समय आफूसंग कुनै न कुनै प्रकारबाट आत्मिय रहेका व्यक्ति को जीवनसंग खेलबाड गर्नु अगाडि आखिर मान्छेहरु हिचकिचाउन किन छोडे त, यो सोच्नुपर्ने समय आइसकेको छ।

शायद यी घटनाहरुमा हाम्रा कुनै आफन्त परेनन् होला त हामीले दुई दिनमा यी कुरा बिर्सियौं होला तर ति कसै न कसैका आफन्त त अवश्य थिए होलान अनि भोलि गएर तेस्तोमा हाम्रा कोहि आफ्ना मान्छे नपर्लान या हामी आफैं पनि नपरुला भन्ने के छ र। यहि हो उत्तम समय; अपराधिलाई सजाय दिने भन्दा अपराध निर्मूल गर्ने उपाय पत्ता लगाउने।शुरवात हामी आफूबाटै गारौं । स्वार्थ, अमानवता र हिंसात्मक प्रवित्तिलई आफूमाथि हावी हुन नदिउँ ।व्यसतताको माझबाट केहि समय निकालेर आफ्नो परिवार, साथिहारुलाई दिएर माया, आत्मियताको वातावरण सिर्जना गरम । खासगरि नयाँ पिडिंलाई अहिंसाको पाठ पढाएर मानवताको पथमा हिंड्न लगाउनु अत्यावश्यक भैसकेको छ। माथिबाट यो पनि बिचार गर्नु पर्ने अवस्था आएको छ कि कतै आफ्नो घर परिवार, छिमेक समाजमा कोहि तनावमा त छैनन् ।उनिहरूको गतिविधि शंकासपद लागेमा तेस्ता व्यक्तिहरु प्रति अलि विशेष ध्यान पुर्याउने हो भने यस्ता घटनामाथि धेरै नियन्त्रण पाउन सकिन्थ्यो । शुरवात हामीले गर्यौं भने हामीलाई पछ्याउनेको कुनै  कमी हुन्नथ्यो!!!

हामी नेपालीहरू भनेका त ममताको सागर हौं,प्रेमको भण्डार हौं,सदभावको खानि हौं । कोहि कतै परिस्तिथिको मारमा परेर आफनो बाटो बिराउन त सक्लान तर हामी अलिक सचेत र सजग हुने हो भने यस्ता घटना रोक्न नसक्ने कुरै छैन;देवकोटाले कल्पना गरेका सुन्दर,शान्त र विशाल नेपालको निर्वाण गर्न अवश्य सक्नेछौं !!!!!