Thursday, March 14, 2013

कहिलेकाहिं सोच्दा लाग्छ!!!!!


हारेको मन
डुबेका रहर
टुटेको मुटु
मरेको आत्मा
सम्हालौं कसरी
म आफैलाई !!!

न बाँच्न सक्छु
न हास्न सक्छु
रुन्छु तड्पिन्छु
केवल आश गर्छु!!!

नया समय आउला
मेरो दुःख हरला
खुशीको सागरमा
डुबुल्की मारुम्ला

पिडा सबै लुकाई
मुस्कुराउनै पर्ने
यो दुनिया कस्तो
नाटकमै रमाउने!!!!
ठोकर जति खाएनि
अघि बढ्नै पर्ने
रीत यस्तै छ यहाको
बाचिरहनै पर्ने!!!
हासिरहनै पर्ने!!!
देखाइरहनै पर्ने!!!!