Thursday, November 10, 2011

मैले विवशतामा रमाउन सिकिसकेछु!!!

अब घाउहरुले दुखाउदैन मलाई;
अन्धकारले तर्साउदैन मलाई;
असफलताले डराउदैन मलाई;
एक्लोपनले झस्काउदैन मलाई;
किनभने:
मैले विवशतामा रमाउन सिकिसकेछु!!!
वेहोसीमा हास्न थालिसकेछु!!!

अन्योलमा छ भविष्य;पर्वाह मलाई छैन;
छिया-छिया भएको छ मुटु;पीर मलाई छैन;
प्रतिक्षामा थाकिसकेछ आखा;आशु झर्ने छैन;
खुशीले बाटो नै विर्सेछ;मुस्कुराउन छोड्ने छैन;
किनभने:
मैले विवशतामा रमाउन सिकिसकेछु!!!
दु:खमा बाच्न जानिसकेछु!!!!

सपनाको स‌ंसारमा खडेरी पर्यो;तैपनि आंखा खोल्न चाहन्न;
जीवनमा खग्रास ग्रहण लाग्यो;तैपनि म बाच्न छोडदिन;
अघि बढ्ने बाटो हरायो;तैपनि पाइला रोक्न सक्दिन;
म आफैसंग विरानो भएं;तैपनि अस्तित्वको खोजी रोकिन्न;
किनभने:
मैले विवशतामा रमाउन सिकिसकेछु!!!
आशामा जिउन छाडीसकेछु!!!




No comments:

Post a Comment