Wednesday, November 30, 2011

तिमी त खाली के के भन्छैा, के के भन्छैा

बिहान उठी आँखा मिच्दै
   तिम्रै तस्बिर हेर्छु  भन्छैा
रात परे सपनीमा
   तिमिलाई नै डाक्छु भन्छैा

अँगालोमा बेरी मलाई
   खुशी सारा दिन्छु भन्छैा
पन्चे बाजा डोली ल्याई
   सिउँदो तिम्रो रङगाउछु भन्छैा

हात मात्र थाम्न देउ
   साथ सधै निभाउछु भन्छैा
केवल मेरो बनी हेर
  मायाको सागर पिलाउँछु भन्छैा

जीन्दगीको बाटो कठीन
  सहयात्री बन्छु भन्छैा
दिन रात हरेक पल
   तिमलाई याद गर्छु भन्छैा

परेली यो झिम्किदा पनि
  तिम्रै मुहार देख्छु भन्छैा
यता उति जता ततै
  तिमीलाई नै खोज्छु भन्छैा

सपना मात्र देख तिमी
  पुरा म त्यसलाई गर्छु भन्छैा
एक कदम मात्र बढाउ ितिमी
  गन्तव्यसम्म पुर्यायीदिन्छु भन्छैा

तिम्रो मेरो मिलन सँगै
   जीवन सुखमय हुन्छ भन्छैा
एक अर्काको साथ पाई
    पलभरमा जीन्दगी कट्छ भन्छैा

मख्ख मलाई पार्ने गरी
   कुरा तिमी ठूला-ठूला गर्छैा
खै कति विश्वास गरैां
  तिमी त खाली के के भन्छैा, के के भन्छैा

1 comment: