Friday, April 13, 2012

हिंड्दा हिंड्दै


आज केहि घटनाहरुलाई शब्दरुपी जालमा बुन्न मान लाग्य छ। हुन त यी घटनाहरू विल्कुलै सामान्य छन् तर पनि किन हो मेरो मानसपटलमा गहिरो छाप छोडेका छन्। यिनमा न त ज्ञानगुनका ठूला ठूला कुरा हरू नै पाइन्छन न त कुनै मनोरन्जनको श्रोत नै हुन तर पनि जीवनका केहि लुकेका तथ्य हरु भेटाए मैले यि घटना भित्र जस्ले उत्प्रेरित गर्यो मलाई यो ब्लग लेख्नलाई ता कि समय चक्र घुम्दै जांदा यि कुराहरू मेरा स्मरणबाट टाढा हुंदै नजाउन्।

केहि वर्ष अगाडि आमा मामाघर जानुभाथ्यो , बाबा अचानक बिरामी हुनुभयो । म र दिदि खांदा खांदैको गाँस छोडेर teachin hospital को emergencyतिर दौडिम। तर बिडम्बना emergency मा एउटा बेड पनि खाली थिएन न त बाबा को त्यो हालत नै के हामी अर्को hospital जाने बारे सोच्न सक्थियौं ।वाध्यतावस दुई बिरामिले एउटै बेड share गरेर काम चलाइयो । तर अहिलेको द्श्य बिल्कूलै फरक छ। दुई तले emergency building मा बेडहरु जताततै खाली देखिन्छन् । यो सम्भव भएको हो त केवल एक व्यक्तिको कारण – मीन ब. गुरुङ ; उहि के त हाम्रा भाटभटेनिका साहुजी । आफ्ना स्वर्गिय माता पिताको प्रतिमूर्ति सहितको building हस्पिटल जस्तो सामाजिक कार्यमा समर्पित संस्थानलाई उपलब्ध गराएको देख्दा हर कोहिलाई “पैसा कमाउनु त यसरी” जस्तो किन नलाग्दो हो र। “यो building मा त हाम्रो नि पैसा पर्या छ नि, हामले किनेको सामान बाट नाफा कमाको पैसो के त” फ्याट्ट एउटा काकाले भनिहाले ।तुरुन्त तेसको उत्तर आयो “ऊ नभाको भए पनि कसै न कसैले ता खाइहाल्थ्यो , तर खाएर पनि यति गर्यो यहि ठूलो कुरा हो” । कुरा सोर्है आना साँचो थियो । गुरुङ जति पैसा कमाएका यो देशमा कति होलान तर यसरि सामाजिक कार्यमा अग्रसरता देखाउने कतिनै होलान र ।यस्तो कामले समाजलाई त राम्रो गर्छ नै, गुरुङजी जस्ता ब्यापारीलाई झनै फाइदा पो गराउंदो रहेछ ।मान्छेहरू माझ उहांहरुको छबि मात्र राम्रो बन्दैन कि उहांहरुको ब्यापार नि फस्टाउंदै जान्छ । “तेसैले त भाटभटेनिमा किन्दा गौरव महसुस हुन्छ” फेरि तिनै काकाले भने ।मैले चाहिं माननै सोचें “पैसा कमाएर मात्र केहि नहुदो रैछ, तेसको सहि रूपमा उपयोग गर।न नि जान्नु पर्ने रहेछ” ।

यो प्रसंग अलि रमाइलो छ। मेरो भदा ५-६ वर्षको हुंदो हो; lays को एकदम सोखिम । म lays नलि उसलाई भेट्न गयो भने मेरो खैर छैन । एकदिन हामी रात्रीवस बाट बिराटनगर जादैं थिम जाममा परेर बाटोमा बस रोकियो। फुच्चे मेरो काखमै थियो। येसो नजर एता उता घुमाको त अगाडि lays नै lays ले सजिएको एउटा किराना पसल रैछ। मैले फुच्चेलाई “भाई हेर त पसलमा के रैछ” भनेर सोधेको ता फ्याट्ट उत्तर अइहालो “रक्सी” ।म त तिनछक नै परे । राम्ररी हेर्या त पसलको एक कुनामा रक्सीका बोतल रहेछन ।आफैलाई हास उठ्यो ।पसलमा चारैतिर lays थियो जुन उसलाई  औधी मन पर्दथियो तर उसको आँखा पसलको एउटा कुना मात्र ओगटेका बोतलहरुमा गयो जसको स्वाद सम्म उस्को जिब्रोले थाह पाएको थिएन। “आखिर यो केटाको जात नै यस्तै हो कि रक्सी को मात” मैले  चाहिं अझ नि ठम्माउन सकिरहेकि थिइन  ।

गाउँघरमा युवा पुस्ता भेटाउन असम्भव झैं भइसक्या छ आजकाल त । कि त उनिहरु अरब, दुबैतिर पसिना बगाउंदै हुन्छन् नभए विदेशिने रहर सहित काठमाडौं मा जुत्ता खियाउंदै हुन्छन् ।तेस्तै गाऊंको एउटा भाई विदेशको हण्डर खप्न नसकेर २० वर्ष अघि परमधाम भएका हजुरबाको आकस्मिक निधन भो भन्ने चिठीका आधारमा नेपाल फर्केका थिए । ऊ भेटियो गाऊँमा । अचम्म को कुरा ऊ फर्केपछि उसका बा र गाउँका अर्का एक दाईलाई मुग्लान पठाइएको रहेछ । “ बा लाई किन खेदिस हो कान्छा” भन्ने प्रश्नको सरल जवाफ थियो ऊ संग । “दिनभर रक्सी खाएर गाउँमा बरालिएर हैरान गरे, एसो देश विदेशलाई बुझेर आउँछन् कि भनेर पठाइदिएको । India मा ता रक्सी किन्न नि १ कि.मी हिड्नुपर्छ रे तै पनि यहाजस्तो जहितहि नपाउने; ढुक्क भाछ आजकाल ।पैसा कमाए भने ठीकै छ, हैन भने पनि कमसेकम पैसा कमाउन कति गार्हो हुन्छ भनेर त बुझ्छन नि” । ओ हो, बा आमाले छोरा छोरीलाई सिकाउने पाठ त कहिले कहिं छोरा छोरीले नि बा आमालाई सिकाउँदा रैछन् । खुशी लाग्यो ।

होलीको दिनको कुरा हो ।एउटा uncleko मा छिर्याथियौं; उहांकि करीब ९० वर्षकि बुढी आमाको घाटी भन्दा माथिको भाग मात्र चल्दो रहेछ। विजोग देखे मैले । दिमाग ले काम गरिरहेको थियो, भोक प्यास सबै महसुस गर्नुहुन्थयो र बोल्नु पनि हुन्थ्यो तर शरीर भने ओल्टो कोल्टो नि नफेरिने। जीवनको हरेक क्ष अरुप्रति आश्रित रहनु पर्ने दु:ख को आभाष हामी सजिलै गर्न सक्थियौं । आमाले गफको क्रम मा भन्नुभयो “यस्तो जीवन त बाच्नु छ काल नि नआउदोरैँनछ खै” ; मुटो च्वास्स बिझो मेरो तर उहांको छोराको अनुहारबाट मुस्कान हराको थिएन। शायद यो सुन्ने वानी परिसक्या थियो या शायद सबैलाई थाहै थियो जीवन भन्दा मृत्यु कति हो कति सहज थियो आमाको लागि। भोलिपल्ट हरेक पत्रिकाको पहिले पृष्टमा एउटै खबर आयो; “एक १९ वर्षकि युवतिको छतबाट खसेर मृत्यु” । उसको जीवन त सहि रुपमा शुरु नि भाथेन होला दैवको बज्रपात सहनु पर्यो । एकछिन अगाडि आँखा अगाडि खेलिरहेकि छोरीको अकस्मात निधन ले ति बा आमा माथि के वित्यो होला तेसको अनुमान लगाउन बाहेक अरु केहि गर्न पनि सक्दैनौं हामी। यि दुई घटनाले मलाई सोच्न बाध्य तुल्यायो कि जमाना जति नै technologically advanced भए पनि मृत्यु माथि काबू पाउन नसकिदो रहेछ। हामी कसैको पनि जीवनको कुनै भरोशा छैन; आज छ त भोलि नहुन नि सक्छ। तसर्थ हरेक दिनलाई आफ्नो अन्तिम दिन हुनसक्छ भन्ने ठानेर तेसको  पूर्ण रूपमा सदुपयोग गर्नु जरुरी छ। त्यसैले कसैलाई माया जताउनु छ भने आझै जताऔं, माफी माग्नु छ भने आजै मागुम, धन्यवाद भन्नु छ भने आजै भनुम,सपना देख्नु छ भने आजै देखुम, तेसलाई पुरा गर्न कुनै कदम चाल्नु छ भने आजै बाट चालुम ।केहि कामलाई पनि भोलि भनेर धाति नराखुम नै राम्रो जस्तो लाग्यो ताकि अकस्मात मृत्यु संग जमकाभेट भइहालो भने पनि विना कुनै पश्चाताप हासी हासी तेसलाई अङ्गाल्न सकियोस् हैन भगवानको कृपाले लामो आयु पाइयो भनेपनि जीवनको अन्तिम समय गन्दै ब्रहमनालमा लडेको बेला आफ्नो वितेको जीवनको बारेमा सोच्दा गर्व महशुस गर्न सकियोस्।

3 comments:

  1. पसलमा चारैतिर lays थियो जुन उसलाई औधी मन पर्दथियो तर उसको आँखा पसलको एउटा कुना मात्र ओगटेका बोतलहरुमा गयो जसको स्वाद सम्म उस्को जिब्रोले थाह पाएको थिएन। “आखिर यो केटाको जात नै यस्तै हो कि रक्सी को मात” मैले चाहिं अझ नि ठम्माउन सकिरहेकि थिइन,,,,,,,,ramro lago susmita ji

    ReplyDelete
  2. धेरै राम्रो छ .....अझै लेख्दै गर्नु ...

    ReplyDelete